शैक्षिक गुणस्तर खस्किदो : अध्ययन प्रतिवेदन

भक्तपुर–साउन २२ । नेपालको शैक्षिक गुणस्तर विगतका शौशिक वर्ष भन्दा खस्किदो क्रममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

फाइल फोटो
फाइल फोटो

शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले शैक्षिक गुणस्तरमा ह्सा आएको देखाएको हो । प्रतिवेदन अनुसार चार वर्षअघि कक्षा ३ को नेपालीको सिकाइ उपलब्धि औसत ६३ रहेकोमा गत वर्षको परीक्षणमा ५२ मा झरेको देखाइएको छ । गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४५ मा झरेको पाइएको छ ।

अझ कक्षा ५ को सिकाइ उपलब्धि खस्किदो क्रममा देखिएको छ । प्रतिवेदन अनुसार कक्षा ५ को नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकोमा गत वर्ष ४६, गणितमा ५३ बाट खस्किएर ४८ र अंग्रेजीमा सिकाइ उपलब्धि ५४ बाट ४७ मा झरेको पाइएको छ । केन्द्रले २३ जिल्लाका एक हजार ५सय ४२ विद्यालयमा अध्ययनरत ३३ हजार ८ सय ६३ जना विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको जनाएको छ । उपत्यका, हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्र समेटिएको अध्ययनले अन्य क्षेत्रकोभन्दा उपत्यकाको नतिजा सबै विषयमा उच्च रहेको र उपत्यकापछि पहाडी क्षेत्रमा विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको देखाएको छ ।

विकास क्षेत्रका आधारमा पश्चिमाञ्चल विकास क्षेत्रमा सिकाइ उपलब्धि उच्च, सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको सिकाइ उपलब्धि राम्रो पाइएको छ । बिषयगत रुपमा हेर्दा सबैभन्दा कमजोर अंग्रेजी र गणितमा पाइएको छ ।

तपाईको प्रतिक्रिया