अख्तियारको कारवाही रोक्न सर्वोच्चको आदेश

काठमाडौं–साउन २२ । सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानका ७ प्राध्यापकविरुद्ध अख्तियारको कारबाही रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइओमका ७ प्राध्यापकविरूद्व कारबाही नगर्नु र नगराउनु भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिभुवन विश्वविद्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

adalatसंवैधानिक प्रावधानविपरीत अख्तियारले क्षेत्राधिकार मिचेर आफूहरूमाथि पूर्वाग्रही ढंगले कारबाही गर्न खोजेको भन्दै आईओएमका निमित्त डिन विमलकुमार सिन्हासहित प्राध्यापकहरू जगदीश अग्रवाल, शरद वन्त, मधु देवकोटा, कृष्ण केसी, दिनेशविनोद पोख्रेल र राजदेवी अधिकारीले सर्वोच्चमा बुधबार रिट दर्ता गरेका थिए । रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेशसहित त्रिवि र अख्तियारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ ।

Published On:  268पटक हेरिएको

तपाईको प्रतिक्रिया