ललिपमा अखाद्य बस्तुको प्रयोग

Lalipopसाउन २१ । के तपाईं आफ्ना बालबालीकालाई फकाउन ललिपप दिंदै हुनुहुन्छ ? एकछिन विचार गर्नुस् । एकैछिन् खुसी पार्न खुवाउने ललिपपले तपाईंको बच्चाको स्वास्थ्यमा गम्भिर असर गर्न सक्छ । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगले उत्पादन गरेको ग्लो पप ललिपपमा अखाद्य रसायनिक पदार्थ प्रयोग गरेको भेटिएको छ ।

ललिपपको समाउने भागमा बालबालिकाको ज्यानै लिनसक्ने एक प्रकारको बल्ने रसायन प्रयोग गरिएको खुलासा भएको छ । बर्दियामा ललिपप खाएर चार जना बालक बिरामी भएको राष्ट्रिय उपभोक्ता मञ्चमा उजुरी परेपछि मञ्चले ललिपपको गुणस्तर परिक्षणका लागि खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागमा लगेको थियो ।

नभन्दै परिक्षणका क्रममा ललिपपका अखाद्य बस्तु भेटियो ।हेर्दा राम्रो देखिने र खाँदा गुलियो स्वाद भएका ललिपपहरुमा हानिकारक शिशायुक्त रसायन मिसावट  फेला परेपछि विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगका उत्पादन बन्द गर्न निर्देशन दिएको छ । तर घातक ज्यानै लिन सक्ने अखाद्य बस्तु उत्पादन गर्ने उद्योगीलाई कारवाही गर्ने तर्फ भने कुनै चासो देखाएको छैन । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगले ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट ललिपप लगाएत उत्पादन गर्दै आएको छ ।

विभागले बजारमा पुगेका यस्ता ललिपप फिर्ता गर्न उद्योग लाई निर्देशन दिए पनि अझै बजारमा यस्ता घातक ललिपपहरु विक्रीमा छन् । विभागले यस्ता उद्योगलाई  कारवाही गर्न उपभोक्ताकर्मीहरुको जोड दिएका छन् भने उपभोक्तालाइ सचेत रहन आग्रह समेत गरेका छ ।

तपाईको प्रतिक्रिया