प्रधानमन्त्री प्रचण्ड सहित ५ मन्त्रीले लिए सपथ

काठमाडौं–साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित ५ जना मन्त्रीले पहिलो चरणमा सपथ लिएका छन् ।
राष्ट्रपति निवास सितल निवासमा आज बिशेष समारोहकाबीच प्रधानमन्त्री प्रचण्ड सहित ६ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ लिनुभएको हो । पहिलो चरणमा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीको रुपमा कष्णबहादुर महरा, गौरिशंकर थारु–कृषी र दलजीत श्रीपाली – युवा तथा खेलकुद मन्त्रीका रुपमा सपथ लिनुभएको छ । यस्तै, सत्ताको प्रमुख साझेदार कांग्रेसबाट पहिलोचरणमा गृहमन्त्रीका रुपमा बिमलेन्द्र निधी, भौतिक पूर्वाधार मन्त्रीको रुपमा रमेश लेखकले सपथ लिनुभएको छ ।

सपथग्रहण समारोहमा पूर्व प्रधानमन्त्री, दलका नेताहरु, सुरक्षा तथा सबैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । अन्य साझेदार साना दल सहित माओवादी केन्द्र र कांग्रेसका बाँकी मन्त्रीको सपथ आन्तरिक छलफलपछि अर्को विस्तारका क्रममा गराउने तयारी भएको बताइएको छ ।

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, कृषि, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेका छन् । यस्तै, सरकारको प्रमुख घटक कांग्रेसले गृहसहितका १३ मन्त्रालय लिने सहमति भएको बताइएको छ । कांग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका मन्त्रालय परेका छन् ।

Published On:  276पटक हेरिएको

तपाईको प्रतिक्रिया