ट्रम्प राष्ट्रपति बन्न योग्य छैनन : ओवामा

एजेन्सी–साउन १९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनका लागि  रिपब्लिकन पार्टीका तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प अयोग्य उम्मेदवार भएको दाबी गर्नुभएको छ ।

Barack Obamaउहाँले ट्रम्प अमेरिकी राष्ट्रपति बन्न योग्य नभएको दाबी गर्नुभएको हो । रिपब्लिकन पार्टीले ट्रम्पलाई उम्मेदवार बनाएर गल्ति गरेको भन्दै राष्ट्रपति ओवामाले विश्वकै शक्तिशाली पदमा पुग्न ट्रम्प लायक नभएको जिकिर गर्नुभएको थियो ।

नितीगतरुपमा मत भिन्नता रहेतापनि विगतमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्ति सक्षम हुनेगरेको भन्दै ओवामाले अहिले अमेरिकी राष्ट्रपतिका लागि एकमात्र योग्य उम्मेदवार हिलारी क्लिन्टन रहेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया