इटहरीको स्वास्थ्य चौकी अस्तव्यस्त

सुनसरी–साउन १९ । बिरामीको चाप हुने सुनसरीको इटहरीस्थित प्राथमिक स्वास्थ्य चौकी व्यवस्थापनको लापरबाहीका कारण अस्तव्यस्त बनेको छ । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका चिकित्सक नबस्दा बिरामीले सधै समस्या व्यहोर्नुपरेको छ । स्वास्थ्य चौकीमा डाक्टर मात्रै होइन औषधीको समेत अभाव छ  ।

कतिपय स्वास्थ्यकर्मीले त बिरामी जाँच्न छाडेर इटहरीमा निजी क्लिनिक चलाउने गरेको अरोप स्थानीयले लगाएका छन् । जनशक्तिको अभाव र लापरबाहीका कारण अस्तव्यस्त बनेको स्वास्थ्य चौकी परिसर जथाभावी फालिएका फोहोरका कारण दुर्गन्धित समेत छ ।

तपाईको प्रतिक्रिया