तीन वर्षमा धरहरा यस्तो

काठमाडौं–साउन १९ । विनाशकारी भूकम्पले भत्काएको धरहरा तीन वर्षमा पुरा हुनेगरि पुनर्निर्माण हुने भएको छ ।

dharaharaनेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापाले बनाएको धरहरा भुकम्पबाट ढलेपछी कसले र कस्तो बनाउने भन्ने बहस लामो समय चल्यो । लामो बहसपछि अब भने धरहार निर्माणको प्रक्रिया नै थालनी हुने संकेत मिलेको छ ।

dharahara 1स्केच अनुसार नयाँ बन्ने धरहरा २९ रोपनी क्षेत्रफलमा एघार तले बन्नेछ । परिसरमा म्युजियम, थिएटर, बगैचा, रेस्टुरा, पार्कीङ लगायतको सुबिधा हुने बताइएको छ । अब धरहरामा भऱ्याङ चड्ने झन्झटपनि व्यहोनुपर्नेेछैन । Punanirman

करीब तिन अर्ब लगानीमा बन्न लागेको धरहरा तिन बर्ष भित्रै बनाइसक्ने योजना छ । भिमसेन स्तम्भको नामले प्रचलनमा आएको धरहरा महारानी ललित त्रिपुरा सुन्दरी देवीको सम्झना स्वरुप भिमसेन थापाले आफू प्रधानमन्त्री भएको बेला निर्माण गराउनुभएको थियो । आसा गरौ १९९० र २०७२ मा दुईपटक नै भूकम्पका कारण ढलेको धरहरा अब तेस्रो पटक ढल्ने छैन ।

तपाईको प्रतिक्रिया