१२ वर्षपछि एमाले प्रतिपक्षमा

काठमाडौं–साउन १९ । प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एमालेले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएको छ ।

CPN-UML-party-office०६२/०६३ पछि लामो समय सत्तामा रहँदै आएको नेकपा एमाले १२ वर्षपछि प्रमुख प्रतिपक्षको भूमिकामा रहने भएको हो । एमालेले राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डातालाई असर पर्ने किसिमले गरीने संविधान संशोधनको प्रस्तावको डटेर विरोध गर्ने तथा संवैधानिक र राजनीतिक रिक्तता निम्त्याउने षड्यन्त्र सहित सुरु भएको षड्यन्त्रका बिरुद्ध देशव्यापी भण्डाफोर अभियान संचालन गर्ने जानकारी दिएको छ ।

कांग्रेस–माओवादी गठबन्धनमा सरकार बन्ने भएपछि एमाले जनआन्दोलनपछि पहिलो पटक प्रमुख प्रतिपक्षको भूमिकामा आइपुगेको छ । एमालेले प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्छ यसका लागि भने केही समय प्रतिक्षा गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया