नेविसंघको ११औं महाधिवेशनको चहलपहल सुरु

काठमाडौं–साउन १८ । नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति नजिकिदै गर्दा काठमाडौंमा विद्यार्थी नेताहरुको चहल बढ्न थालेको छ ।

nebisangh-bhela1नेविसंघ केन्द्रीय समितिले सबै जिल्ला र क्याम्पसहरुको विवाद सहमतिमा टुंग्याई अधिवेशन सम्पन्न गर्न पार्टीद्वारा गठित निर्देशन समितिलाई प्रतिनिधिहरुको नामावली बुझाएसँगै अधिवेशनको वातावरण बन्न थालेको हो ।  अनशन बसेका असन्तुष्ट पक्षको मागलाई पनि सम्बोधन गर्ने तयारीमा निर्देशन समिति जुटेको छ । महाधिवेशनको लागि आवश्यक पर्ने रकम मध्ये तत्कालका लागि रु. २२ लाख नेविसंघ केन्द्रीय समितिलाई पार्टीले उपलब्ध गराएको छ । एक महिना पहिले नै भृकुटि मण्डप रहेको हल अधिवेशनको लागि बुकिङ्ग गरिसकेको छ । प्रचार प्रसारको लागि भृकुटी मण्डपको वालबाहेक अन्यत्र कतै वालपेण्टिङ्ग तथा पर्चा–पम्प्लेट नटाँस्ने तथा उम्मेदवारहरुले पनि भड्किलो प्रचार प्रसार नगर्ने आचारसंहित नेविसंघ केन्द्रीय समितिले बनाएको छ ।

११औं अधिवेशनको मिति नजिकिदै गर्दा विद्यार्थी नेताहरु आ–आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै पार्टी नेताहरुको घरमा टिमको टिमको टिकट लिनको लागि धाईरहेका छन् भने अर्को तफृ आ–आफ्नो टिम बनाउन जुटिराखेका छन् । नेविसंघलाई विधिविधान, विचार, दृष्टिकोणबाट भन्दा केवल गुटगगत आधारमा नेतृत्व परिवर्तनको लागि नेताहरुको फेरो समाएर चाकडि गरिरहेका छन् । अहिले नेविसंघ भित्रको विवाद भनेको विचार दृटिकोणको नभई गुटउपगुट र पदप्राप्तिको लागि मात्रको विवाद हो भन्ने वर्तमान नेविसंघ केन्द्रीय समितिको ठहर छ ।

महाधिवेशनमा विभिन्न गुट उपगुटहरुबाट विभिन्न नेताहरुले आ–आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । सभापति देउवा समुहबाट अध्यक्षमा नैनसिंह महर, जितजंग बस्नेत, सरोज थापा छन् भने वरिष्ठ नेता पौडेल पक्षबाट मनोजमणि आचार्य, क्षितिज भण्डारी, निलकण्ठ रिजाल, दिपक भट्टराईले दावि गरेका छन् भने तेस्रो सिटौला पक्षबाट कुन्दनराज काफ्ले र खुमबहादुर खड्का पक्षबाट शुभराम बस्नेतले अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् । महामन्त्रिमा मोतिलाल भण्डारी, रामप्रसाद अधिकारी, उर्मिला थपलिया, डिल्लिराम सुवेदी, पुष्पकुमार शाही लगायत एक दर्जन भन्दा बढिले आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।

अन्य सबै पदमा करिव पाँच सय जनाको उम्मेदवारी पर्ने निश्चित रहेको महामन्त्रि पदका उम्मेदवार मोतिलाल भण्डारीले नेपाल परिक्रमालाई जानकारी गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush