अग्रस्थानमा आफू रहेको शुभराम बस्नेतको दाबि

काठमाडौं–साउन १८ । नेपाल विद्यार्थी संघ अध्यक्षका प्रत्याशी शुभराम बस्नेतले आफू अन्य प्रतिष्प्रिधी भन्दा अगाडि रहेको दाबी गर्नुभएको छ । नेपाल suvaramबिधार्थी सघं को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी शुभराम बस्नेत विभिन्न जिल्लाको भ्रमण गर्दै गर्दा विधार्थीहरुको रोजाइमा सबै भन्दा अग्रस्थानमा पर्न सफल उहाँको दाबी छ ।

शंकरदेव क्याम्पस स्ववियु सभापति तथा स्ववियु परिषद् सभापति भइसक्नु भएका बस्नेत निडर, असल, इमानदार र स्पष्ट वक्ताका रुपमा आम बिधार्थी माझ चर्चित हुनुहुन्छ ।

नेपाल परिक्रमासँग कुरा गर्दै बस्नेतले ११ औं महाधिवेशनमा कुनैपनि हालतमा काका भतिज बीच प्रतिस्पर्धा हुन नसक्ने भन्दै १०/१५ वर्ष अगाडि पनि केन्द्रयि कमिटीमा बसेर कार्य गरिसकेका पुराना पुस्ताका नेता कदापि बिधार्थी नेता हुन नसक्ने बताउनुभयो । नेताको दैलोमा गएर ज्यु हजुर नगर्न बिधार्थी नेतालाई उहाँको विशेष आगर्ह छ । प्रत्याशी बस्नेतले आफूले नेपाल विद्यार्थी संघको उचाइलाई शिखरमा पुर्‍याउन उम्मेद्वारी दिएको जिकिर समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया