आर्मी बक्सिङको टिम च्याम्पियन

काठमाडौं–साउन । त्रिभुवन आर्मी क्लब प्रथम अन्तरक्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

boksingकाठमाडौंको लैनचौरस्थित टेबलटेनिस हलमा सोमबार सम्पन्न  फाइनलमा कुल पाँच स्वर्ण पदकका साथ आर्मी टिम च्याम्पियन बनेको हो । ४९ केजी तौल समूहमा नक्सालका सुशील थापाले आर्मीका मिसल दिप सुनुवारलाई अंकका आधारमा हराउँदै स्वर्ण पदक जिते । यस्तै, ५२ केजीमा आर्मीका करण चौधरीले आफ्नै क्लबका सुदिप श्रेष्ठलाई पाखा लगाउँदै स्वर्ण जिल्न सफल भए । ५६ केजी तौल समूहमा नक्सालका गणेश थापाले आर्मीका मुनाल पुन मगर र ६० केजीमा नक्सालकै युपराज कार्कीले आफ्नै क्लबका किशोर शर्मालाई हराउँदै पहिलो स्थान कब्जा गरे ।

यसैगरी, ६४ केजी तौल समूहमा आर्मीका मोहन ठकुरी, ६९ केजीमा बानुज अनिश श्रेष्ठ र ७५ केजीमा आर्मीका केशव बमले आर्मीका हर्कराम विकलाई टेक्निकल नकआउट गर्दै स्वर्ण पदक जितेका छन् । यता, ललितपुरका मनोहर बस्नेतले ८१ केजी लाइट हेभी वेट समूहमा आर्मीका ध्रुव रानाभाटलाई हराए । ९१ केजी तौल समूहको भिडन्तमा आर्मीका विजय केसी र ९१ केजी भन्दामाथि तौल समूहमा आर्मीकै रोशन गोदार प्रथम हुँदै स्वर्ण जित्न सफल भए ।

विजेता खेलाडीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले पदक तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया