छिन्चु–जाजरकोट सडकमा बल्ल भाडादर लागू

जाजरकोट–साउन १७ । सुर्खेतको छिन्चु–जाजरकोट सडकमा ९ वर्षपछि बल्ल भाडादर कायम गरिएको छ ।

chinchi jagarkotयातायात व्यवस्था विभागले छिन्चु जाजरकोट सडकका लागि साउन ४ गतेदेखि लागू हुने गरी नयाँ भाडा दर कायम गरेको हो । भर्खर लागू भएको दर अनुसार प्रति किलोमिटर दुई रूपैयाँ ५० पैसा तोकिएको छ । विभागले गत साता सडक खण्डमा यातायात सञ्चालनका लागि स्थायी रुट परमिटका साथै भाडा दर कायम गरेको पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएपछि नयाँ भाडादर लागू भएको हो ।

खलंगाबाट सल्लीबजारसम्म १ सय ८६, खलंगा देखि नेपालगञ्जसम्म ४ सय ६४ र खलंगाबाट काठमाडौंसम्मका लागि १ हजार ३ सय ६६ रूपैयाँ कायम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नयाँ भाडा दर लागू गर्न बाँके, सुर्खेत र सल्यान जिल्ला प्रशासनलाई समेत परिपत्र गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush