बागलुङ–साउन १७ । लग्जम्बर्गका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले बाग्लुङका विद्यालयमा स्वयसेवकका रूपमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरेका छन् ।
बालबालिकालाई शिक्षामा प्रेरित गर्ने उद्देश्यले बाग्लुङको रुद्रेपिपल माध्यामिक विद्यालयमा रंग लगाउने, चित्र बनाउनेलगायत शैक्षिक गतिविधि सञ्चालन गरेका हुन् । जेफ फिसरको नेतृत्वमा ६४ जनाको टोलीले जिल्ला शिक्षा कार्यालयको सहकार्यमा शैक्षिक क्रियाकलाप सञ्चालन गरेको छ ।
साउन ४ गते बाग्लुङ आएका उनीहरूले आफ्नै लगानीमा विद्यालयलाई खानेपानी ट्याङकीका साथै प्रतीक्षालय समेत निर्माण गरिदिएका छन् ।