वामपन्थीहरु दक्षिणपन्थी बन्न थाले : प्रधानमन्त्री ओली

काठमाडौं–साउन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वामपन्थीहरू दक्षिणपन्थी बन्न थालेको टिप्पणी गर्नुभएको छ ।

Kp-oli11ललितपुरमा आज १९ औं तुलसीलाल स्मृति सभामा प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालका केही वामपन्थी दक्षिणपन्थी धारमा लागेको आरोप लगाउनुभएको हो । उहाँले राष्ट्रियता र देशको हितभन्दा बाहिर गएर कसैले गलत कार्य गरे एमालेको अध्यक्षको हैसियतमा आफू र आफ्नो दलले सदैव प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश आन्दोलनका नाममा नागरिकताको कुरा उठाएर सीमापारी जन्मिएर नेपाल आउनेलाई  अंगिकृत नागरिकता दिलाउने माग जायज नभएको भन्दै तराइ–मधेश कसैको नाममा नामसारी गर्ने कुरा कदापी मान्य नहुने बताउनुभएको थियो ।

Published On:  258पटक हेरिएको

तपाईको प्रतिक्रिया