मंगलबार उम्मेदवारी दर्ता बुधबार प्रधानमन्त्रीको निर्वाचन

काठमाडौं–साउन १७ । नयाँ प्रधानमन्त्री चयन गर्न बुधबार व्यवस्थापिका संसदमा निर्वाचन हुने भएको छ ।

Samsad-bhawan-1सहमतीय सरकार गठनका लागि दलहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिएपछि बहुमतीय प्रक्रिया अन्तर्गत आगामी बुधबार चुनाव हुने भएको हो । राष्ट्रपतिले आज संसदमा रहेका दलहरुलाई बहुमति प्रक्रियाबाट सरकार गठनको प्रक्रिथा थाल्न आह्वान गरेपछि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक डाक्नुभएको छ । सभामुखको निर्देशन बमोजिम संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन तालिका अनुसार प्रधानमन्त्री निर्वाचनका लागि भोलि मंगलबार ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने र बुधबार विहान ११ बजे बस्ने बैठकबाट प्रधानमन्त्री चयन गर्ने सचिवालयले जनाएको छ ।

Published On:  297पटक हेरिएको

तपाईको प्रतिक्रिया