अन्तत: बहुमतीय सरकार बन्ने निश्चित

काठमाडौं–साउन १७ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भित्र दलहरूबीच सहमति नजुटेपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुने भएको छ ।

president_bidhyaसंविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतिय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समयसीमा आइतबार सकिएको छ । यो समयभित्र सहमतिय सरकारको गृहकार्य पुरा गर्न नसकेका दलले बहुमतीय प्रक्रिया थाल्न आग्रह गरे बमोजिम राष्ट्रपतिले बहुमतिय प्रक्रियाबाट सरकार गठन गर्न आह्वान गरिसक्नुभएको छ ।  सहमतिय सरकार गठनमा भएका प्रयासबारे जानकारी गराउन शीतल निवास पुगेका प्रमुख दलका शीर्ष नेताले सहमतीय सरकार गठनको सम्भावना नरहेकाले सहमतिका लागि फेरि समय नथप्न राष्ट्रपति भण्डारीलाई सुझाव दिएपछि बहुमतिय प्रक्रियाबाटै सरकार गठन गर्न राष्ट्रपतिले आज आह्वान र्गुभएको छ ।

प्रमुख दलहरुबीचको यो तिक्तताले अब बन्ने सरकार पनि सहमतिय नबन्ने निश्चितप्राय: भएको छ । सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेमा  व्यवस्थापिका संसद्को नियमावलीमा सभामुखले ताकेको दिन र समयमा प्रधानमन्त्रीको निर्वाचन हुने उल्लेख छ । राष्ट्रपति कार्यालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि पत्र पठाएका कारण अब प्रक्रिया अनुसार काम थाल्ने संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका संसदको आजको बैठकले बहुमतिय प्रक्रिया सुरु गर्ने छ ।

बहुमतीय प्रक्रिया सुरु भैसकेपछि सभामुखले निर्वाचन अधिकृत तोक्ने, मनोनयन गर्ने अनि निर्वाचन कार्यक्रम गर्दा ३ दिनजति लाग्ने भएकाले बहुमतीय प्रक्रिया सुरु भएको तीन दिनभित्रै मुलुकले प्रधानमन्त्री पाउने देखिएको छ । अहिलेको समीकरणका आधारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने निश्चित जस्तै बनेको छ ।

तपाईको प्रतिक्रिया