सर्वोच्चमा थपिए ११ न्यायाधीस

काठमाडौं–साउन १७ । सर्वोच्च अदालतका लागि अनुमोदित ११ जना न्यायाधीशले सोमबार सपथ ग्रहण लिएसँगै न्यायाधीस अभाव केही हदसम्म कम हुने भएको छ ।

Judge-Photo-RSSसंसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित ११ न्यायाधिशलाई नियुक्ति दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेलगत्तै सपथ ग्रहण गराइएको थियो । राष्ट्रपति कार्यालय शितलनिवाशमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गराउनुभएको थियो ।  यसले अदालतमा देखिएको न्यायाधीस अभावको समस्या टारेको छ । न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त पदका लागि ११ न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समिति समक्ष प्रस्ताव गरेको थियो ।

सर्वोच्च अदालतको न्यायाधीशका रुपमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराइ पुग्नुभएको छ, यस्तै, वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल समेत नवनियुक्त न्यायाधीसका रुपमा सर्वोच्च पुग्नुभएको छ ।

११ जना न्यायाधीशको नियुक्तिसंगै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित स्थायी न्यायाधीशको संख्या २० पुगेको छ ।

तपाईको प्रतिक्रिया