विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं–साउन १७ । आजवाट विश्व स्तनपान सप्ताह २०१६ सुरुभएको छ । ‘स्तनपान दिगो विकासको प्रमुख आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह सुरु भएको हो ।

istanpan स्तनपान सप्ताह अवधिमा स्तनपानको महत्व, जनचेतनामुलक कार्यक्रम लगायत स्वास्थ्य सम्बन्धि विविध कार्यक्रम गरिने बताइएको छ । नवजात शिशुलाई स्वस्थ राख्नका लागि बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ । नेपालमा भने ४५ प्रतिशतले मात्र बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउने गरेको तथ्याङ्कले देखाउँछ ।

बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्ने भएपनि नेपालमा ७० प्रतिशत आमाहरुले मात्र ६ महिनासम्म आफ्ना बच्चाहरुलाई दुध खुवाउने गरेको चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया