लोकमानलाई महाअभियोग लगाउने बारे संसदमा छलफल हुने

काठमाडौं–साउन १६ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहितका डा.गोविन्द केसीको मागबारे व्यवस्थापिका संसदमा छलफल हुने भएको छ ।

lok_man_singh_karki_copy1डा. केसी अनसनरत रहेको समयमा उनका मागबारे संसदमा छलफल गर्नु पर्ने भन्दै सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि अब यस विषयमा पनि छलफल हुने भएको हो । सभामुख ओनसरी घर्ती मगरले प्रस्तावक सांसदहरु सहित प्रमुख दलका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ ।

Published On:  318पटक हेरिएको

तपाईको प्रतिक्रिया