तनहुँमा रेट्रो फिटिङ प्रविधिबाट स्कूलको पुन:निर्माण

तनहुँ–साउन १५ । तनहुँमा १२ वटा समुदायिक विद्यालय भवन रेट्रो फिटिङ (पर्वलीकरण) प्रविधिबाट पुन:निर्माण गरिएको छ ।

school tanahun२०७२ वैशाख १२ गतेको भूकम्पले चर्किएका विद्यालयहरूको समुदाय उत्थानशील कार्यक्रम अन्तर्गत पुन:निर्माण गरिएको हो । पुनर्निर्माणअन्तर्गत क्षति पुगेका विद्यालय भवनलाई तारजाली तथा सिमेन्ट, बालुवाको प्रयोग गरी पुन: संरक्षण पद्धतीअनुसार करिब २ करोड रूपैयाँ खर्चिएर पुनर्निर्माण गरिएको तनहुँ रेडक्रसले जनाएको छ ।

tanahun schoolविद्यालयको कच्ची भवन पुन:निर्माणमा नेपाल रेडक्रस सोसाइटीले आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया