खस्किदै महिला भलिबल

काठमाडौं–साउन । भारतसँगको दुबै मैत्रीपूर्ण खेलमा नेपाली महिला भलिबल टोली पराजित भएको छ ।

volleybal mahilaराष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा सम्पन्न दुई दिने मैत्रीपुर्ण खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएपछि महिला राष्ट्रिय टिमको क्षमता खस्किएको हो कि भन्ने आसंका पैदा भएको छ । नेपाली महिला टोली भारतीय खेलाडीको सामु चल्न नसक्दा दुबै खेल नेपालको पक्षमा देखिएन ।

नेपाली महिला भलिबल टोली भन्दा बढी नै हाबि भएका भारतीय खेलाडीको प्रदर्शन नेपालीको तुलनामा खासै उत्कृष्ट थिएन । तर नेपाली टोली उनीहरुको चतुऱ्याइका अघि चल्न नसक्दा दुबै खेल गुमाउनुपऱ्यो ।

Published On:  396पटक हेरिएको

तपाईको प्रतिक्रिया