आन्दोलनरत पक्षको माग सम्बोधन गर्न कार्यदल

काठमाडौं–साउन १५ । मधेसी मोर्चा सहितका असन्तुष्ट पक्षको मागमा सहमति खोज्न तीन दलका नेताहरु संलग्न ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ ।

Congress-mao-and-Morchaनेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मधेसी मोर्चासँग शनिबार गरेको छलफलबाट ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति जुटेको हो । कार्यदलमा कांग्रेस, माओवादी र मधेसी मोर्चाबाट ३/३ जना सदस्य रहने बताइएको छ । कर्यदलले सरकार गठन भन्दा अघि गरिने संयुक्त सहमतिका विषयवस्तुको मस्यौदा तयार पार्ने क्षेत्राधिकार पाएको छ ।

मधेशी मोर्चाका नेताहरु आन्दोलनले उठान गरेका माग सम्बोधन हुने प्रतिबद्धता आए मात्रै प्रधानमन्त्री निर्वाचनमा सहभागि भई सरकारमा समेत सहभागी हुने अडानमा छन् । यता, कांग्रेस र माओवादी केन्द्रका सहमतिको पहिलो बुदामै मधेश आन्दोलनको उचित निकास खोज्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया