लोकतन्त्र र लोकमानतन्त्र मध्ये एक रोज्न नेताहरुलाई डा. केसीको चुनौती

काठमाडौं–साउन १५ । स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै पटक–पटक अनसन बसेर चर्चामा आउनुभएका डा. गोविन्द केसीले लोकमानलाई कारबाही गर्न वा आफूलाई जेल हाल्ने साहस देखाउन प्रमुख दलका नेताहरुलाई चुनौती दिनुभएको छ ।

govinda kcसमर्थकहरुले शनिबार निकालेको ‘वाक विथ डा. केसी’ नामक पदयात्रामा सहभागी हुँदै डा. केसीले  लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न सांसदहरुलाई समेत आग्रह गर्नुभएको थियो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको नायक भन्दै डा. केसीले लोकमान संविधानभन्दा माथि समानान्तर सत्ता चलाउन उद्धत देखिएको आरोप लगाउनुभयो । उहाँले लोकमानतन्त्र अन्त्य गर्न नसक्ने सभाषद्ले राजीनामा दिनुपर्ने जिकिर गर्नुभएको थियो । १५ दिन लामो अनशन तोडेर बाँकी आन्दोलन जारी रहेको घोषणा गर्नुभएका डा. केसीले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि साथ दिनेहरुलाई धन्यवाद दिनुभएको थियो । उहाँले सम्झौता उल्लंघन हुँने खतरा बढेको भन्दै सहमति तोडिए ठूलो जनलहर सडकमा ओर्लीने चुनौती दिनुभएको थियो ।

कार्यक्रममा डा. जीवन क्षेत्रीले केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले लोकमानलाई बोकेको आरोप लगाउँदै सिनो बोकेर आफै नगन्हाउन सुझाब दिनुभएको थियो । माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बानेश्वर पुगेर कोणसभामा परिणाम भएको थियो ।

Published On:  442पटक हेरिएको

तपाईको प्रतिक्रिया