घरेलु मदिरामा अखाद्य बस्तुको प्रयोग बढ्दो

काठमाडौं–साउन १५ । बजारमा पाइने घरेलु मदिरा अर्थात खोयाविर्के रक्सी कसरी बन्छ ? प्लाष्टिक, कपडा जुत्ता, युरिया मल लगाएतका यि अखाद्य बस्तु यीनै अखाद्य बस्तु मिसाएर तयार हुन्छ घरेलु मदिरा । अनि, यही गुणस्तरहीन मदिरा विभिन्न भट्टी, रेष्टुरेण्ट, होटल हुँदै उपभोक्ताको पहुँचमा पुग्छ । उपभोक्ताले निर्धक्क साथ पिउँछन् यो मदिरा । कानुन अनुसार यसरी घरेलु मदिरा उत्पान गर्न पाइदैन । तर, यीनिहरुलाई कानुनको कुनै वास्ता छैन ।

जसरी हुन्छ आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । हुन त चालु आर्थीक बर्ष २०७२/०७३ को साउन देखी अहिले सम्म प्रहरीले काठमाडौंमामात्रै २४ हजार लिटर घरलु मदिरा नष्ट गरेको छ । अबैद्य उत्पादन र बिक्रिबितरणमा संलग्न थुप्रैलाई कारबाहीको दायरामा पनि ल्याएको छ । र पनि रोकिएको छै2न्, अबैद्य घरेलु मदिराको उत्पादन र बिक्रिबितरण । हुन त प्रहरीले विभिन्न समयमा घरेलु मदिरा उत्पादन गर्ने कारखानामा छापा मारेर अवैध मदिरा नष्ट गर्दै आएको छ ।

तरपनि मदिरा उत्पादन रोकिएको छैन । प्रहरी एकपटक पुग्छ  हैटहुइट गर्छ जान्छ । प्रहरीले छापा मारेको केही दिन मदिरा उत्पादन गर्ने हरु चुपचाप बस्छन् । फेरी समस्या उस्तै हुन्छ । औषधि पसलहरु साँझ ८ नबज्दै बन्द हुने काठमाडौंमा अझैपनि मदिरा पसलहरु मध्य रातसम्म खुल्ला भेटिन्छन । अझ घरेलु मदिराको कारोबार त टोल तथा गल्लिका भट्टि पसलमा चलिरहेकै छ । आखिर उत्पादन नभए कहाँबाट आइरहेको छ, यस्तो मदिरा ? यता, घरेलु मदिराको उत्पादन र बिक्रिबितरण कम भएको दाबी गर्ने प्रहरी जारी रहेको अभियानमा सूचना उपलब्ध गराएर सहयोग गर्न भनिरहेको छ ।

हुनत, नेपाल लगायत विश्वभर मदिरा सेवन गर्नेहरुको संख्या बढ्दो क्रममा छ । विश्वमा प्रतिबर्ष मदिराको हानिकारक उपयोगले ३३ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । व्यवसायीका अनुसार नेपालमा मात्रै पनि प्रतिबर्ष ३० लाख भन्दा बढीले रक्सि सेवन गर्ने गरेको तथ्यांक छ । रक्सि सेवनकर्ताको संख्या बढ्नु र यो सँगै मापदण्ड विपरितका घरेलु मदिराको बिगबिगि हुनुने जोखिम पनि उत्तिकै बढाएको छ । किन नियन्त्रण गर्न आवश्यक छ त घरेलु मदिरा ? खाद्यन्नमा परनिर्भरता बढ्दै गरेको अहिलेको अवस्थामा घरेलु मदिरा उत्पादनका नाममा ३० प्रतिशत अन्न नष्ट हुनुले मदिराको असर अझ चौतर्फी बन्ने देखिएको छ ।

मदिराको प्रयोगका कारण समाजमा विभिन्न किसिमका विकृति र घटनाहरू हुने गरेका छन् । अझ अखाद्य वस्तुको प्रयोगबाट बनाइने घरेलु मदिराले त मानव स्वास्थ्यमा थप असर पार्छ । त्यसैले अबैद्य मदिराको उत्पादन तथा बिक्रिबितरण नियन्त्रण गर्दै समाजलाई सुरक्षित र सभ्य बनाउने तर्फ सम्बन्धित सबै पक्ष बेलैमा सचेत बन्नुपर्छ ।

तपाईको प्रतिक्रिया