गच्छदारका कारण कांग्रेस–माओवादी गठबन्धनमा विवाद

काठमाडौं–साउन १५ । फोरम लोकतान्त्रितका अध्यक्ष विजय कुमार गच्चदारका कारण कांग्रेस माओवादी केन्द्र गठबनधनमा यतिबेला सामान्य विवाद देखिएको छ ।

Bijay-Gachhadar ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको स्रोतले बताएको छ ।

प्रचण्डले बिहीबारको बैठकमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति  जनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया