हेभी इक्विप्मेन्टले राज्य लुट्दै ।

loderकाठमाडौं–साउन १४ । तपाईंलाइ थाहा छ हेभी इक्विप्मेन्टको रेकर्ड कुनै सरकारी निकाय सँग छैन । अनि, यिनीहरुले आफूखुसी काम गरिरहेका छन् । न त यि इक्विप्मेन्टबाट कर उठाइएको छ । नत यिनलाई कुनै कानुनी दायरामा नै ल्याइएको छ । अझ तपाईंलाई विश्वास नै नलाग्न सक्छ १० बर्ष देखि दर्ताबिनै हेभी इक्विप्मेन्ट धमाधम चलिरहेका छन् । अनि नियमनकारी निकाय पनि चुपचाप बसेका छन् । जे सुकै गरुन मतलव छैन ।

अरु त अरु नियमनको जिम्मेवारी लिएर बसेको निकाय यातयात व्यवस्था विभाग सँग त नेपालमा यस्ता प्रकारका इक्विपमेण्ट कति छन् ? कहाँ कहाँ छन् भन्ने अत्तो पत्तो समेत छैन । पछिल्लो समय हेभी इक्विप्मेन्ट बारेका समाचार सञ्चार माध्यमबाट बाहिर आएपछि अहिले यातयात व्यवस्था विभागले दर्ता नगरी सञ्चालन हुँदै आएका विकास निर्माणमा प्रयोग हुने यि नीजि क्षेत्रका हेभी इक्विपमेन्टहरु धमाधम नियन्त्रणमा लिन थालेका छन् ।

यही अभियान अन्तर्गत पछिल्लो एक महिना यता मात्रै विभागले दर्ता नभइकन सडकमा गुडिरहेको अवस्थामा १० हेभी इकुप्मेन्ट नियन्त्रणमा लिएर कारवाहि सुरु गरेको छ । विकास निर्माणमा प्रयोग हुने यस्ता साधनका धनीले १० वर्ष अघिदेखि नै हेभी इक्विपमेन्ट दर्ता नगरी मौखिक वा सामान्य कागजात बनाएर विक्री र प्रयोग गर्दै आइरहेको स्वयम यातयात व्यवस्था विभाग नै स्वीकार्छ । यो त भयो निजी क्षेत्रको कुरा । तर तपाईंलाई थाहा छ ? निर्माण व्यवसायीले मात्रै हैन नेपाल सरकारको सडक विभाग अन्तर्गतको सडक डिभीजन कार्यालयले पनि नियम मानेको छैन ।

त्यसले पनि वर्षौसम्म दर्ता नगरेका हेभी इकुप्मेन्ट विना नम्वर प्लेट नै सडकमा गुडाउने र विकास निर्माणका कामा प्रयोग गर्दै आएको छ । नेपालमा नीजि क्षेत्रले व्यवसाय प्रायोजनका लागि ल्याइएका थुप्रै हेभी इक्विप्मेन्टहरु दर्ता भएका छैनन् । त्यहि माथी सरकारी निकायको हेभी इक्विप्मेन्ट डिभिजनबाटै इक्विप्मेन्ट दर्तामा वेवास्ता गर्दा यसको छाप नीजि निर्माण व्यवसायीमा समेत परेको छ । अहिले आएर बल्ल यातायात व्यवस्था विभागले सबै हेभी इक्विप्मेन्ट अनिवार्य दर्ता र वार्षिक कर तिर्नुपर्ने अन्यथा त्यस्ता इक्विप्मेन्ट पक्राउ गरि जफत सम्मको कारवाही हु्ने बताएको छ ।

तपाईको प्रतिक्रिया