बढीपहिरो अपडेट–मृतकको संख्या ७५ पुग्यो

काठमाडौं/जिल्ला–साउन १३ । देशभरको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । बाढीपहिरोमा परि ३१ घाइते भएको र १२ जना वेपत्ता भएको गृह मन्त्रायले जनाएको छ ।
dubhanबाढीपहिरोबाट २० भन्दा बढी जिल्ला प्रभावित भएका छन् । प्युठानमा ३६, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पा र रोल्पामा ४/४, मकवानपुर ३, अर्घाखााची २ झापामा २, रुपन्देही २, काठमाडौं, दोलखा, सर्लाही, पर्वत, दाङ, कपिलवस्तु, सप्तरी र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ । गुल्मीमा ९, पर्वतामा ८, प्युठानमा ३, बाँकेमा ३, काठमाडौंमा २, सुनसरी, बाग्लुङ, अर्घाखााची, दोलखा, सिन्धुपाल्चोक र रुपन्देहीमा १/१ जना घाइते भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । प्युठानमा ४, अर्घाखाँचीमा २, झापा २, सुनसरी, दाङ, कास्की र कपिलवस्तुमा १/१ जना वेपत्ता भएका छन् ।
सरकारका अनुसार बाढी तथा पहिरोका कारण देशका २० जिल्ला प्रभावित भएका छन् । जसमध्ये मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बढी प्रभावित छन् । मध्यपश्चिमका प्युठान, बाँके, बर्दिया, दाङ तथा पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी धनुषालगायत जिल्ला बाढी पहिरो तथा डुवानबाट प्रभावित छन् । उद्दार र राहतको कामलाई तिब्रता दिइएको दाबी सरकारको छ । वेपत्ताको खोजि कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया