छिन्चु–जाजरकोट सडकखण्ड, यात्रा जोखिम

vlcsnap-2016-07-28-19h23m32s189जाजरकोट–साउन । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने एक दर्जनभन्दा बढी खोलामा सडक पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

छिन्चु जाजरकोट सडकखण्डमा पर्ने विभिन्न खोलामा पुल निर्माण गर्न सरोकारवालाले ध्यान नदिँदा खोलामा बाढी आउँदा समेत जोखिम मोलेर वारपार गर्नुपर्ने सर्वसाधारणले बताएका छन् ।vlcsnap-2016-07-28-19h23m58s013

पुल अभावमा जाजरकोटवाट सुर्खेत पुग्न ३ दिनसम्म लाग्ने गरेको छ । यो सडकअन्तर्गत सल्यान, सुर्खेत र जाजरकोटका एक दर्जनभन्दा बढी खोलामा पुल छैनन् । गोजीखोला, जुगईखोला, फेराखोलामा निर्माण थालिएका सडक पुल निर्माणमा ढिलाइ भएको छ ।

बनगाढ, कालीखोला, पासागाड लगायता खोलामा पनि पुल बनाउन कुनै पहल नभएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया