मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

काठमाडौं–साउन । नेपाली राष्ट्रिय महिला भलिबल टोली मैत्रीपूर्ण खेलमा भारतसँग पराजित भएको छ ।

volleybal mahilaराष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा आज सम्पन्न उद्घाटन खेलमा भारतसँग ३/० को सोझो सेटमा पराजित भएको हो । विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाल पहिलो सेटमा २५/२० ले पराजित भएको थियो । एसियन गेम्स्मा सहभागीता जनाएका खेलाडीको बाहुल्य रहेको भारतसँग नेपाल दोश्रो सेटमा २५/१९ ले पराजित भयो । उल्लेख्य दर्शकको उपस्थिति रहेको खेलको तेस्रो सेटमा नेपालले भारतलाई रोक्न भरपुर कोशिस गर्यो । तर, फिजिकल्ली र टेक्निकल्ली बलियो देखिएको भारतले तेस्रो सेट २७/२५ अंकले जित्न सफल भयो ।

नेपाल र भारतबीच भोली दोश्रो मैत्रीपूर्ण खेल हुनेछ । नेपाल भलिबल संघको निमन्त्रणामा भारतीय टोली दुई दिने मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो ।

तपाईको प्रतिक्रिया