धनकुट बस दुर्घटना–मृतकको संख्या ११ पुग्यो

धनकुटा–साउन १३ । धनकुटाको सिधुवास्थित यात्रुबाहक बस दुर्घटनामामा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

accident dhankutaधरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो । घटनास्थलमा ७ जनाको ज्यान गएको थियो । अस्पताल श्रोतका अनुसार उपचारका लागि धरान ल्याइएका ३३ जना मध्ये ४ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु भएका ४ मध्ये तेह्रथुम फुलेक–६ की होमा पौडेल र धनकुटा बुढीमोरङ–८ का सनम तामाङको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका ३० जना मध्ये २९ जनाको धरानमा र १ जनाको धनकुटामा उपचार भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा मृत्यु भएका ७ मध्ये पूर्व अर्थराज्यमन्त्री हरिराज खेवा, धनकुटा परेवा –७ की तारा बस्नेत र उनकी ३ वर्षीया छोरी, परेवाकै अतिमाया तामाङ र धरान उपमहानगरपालिका–२ का व्यापारी वेदप्रकाश अग्रवालको परिचय खुलेको बताइएको छ ।

संखुवासभाको मुढे शनिश्चरेबाट धनुकुटा आउँदै गरेको बा.२ ख. ७३६६ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।

Published On:  720पटक हेरिएको

तपाईको प्रतिक्रिया