काठमाडौं–साउन ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले रियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई बिदाइ गर्नु भएको छ ।
ब्राजिलको रियो ओलम्पिकमा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा अफिसिललाई राष्ट्रपति भण्डारीले आज शीतल निवासमा बिदाइ गर्नुभएको हो । उहाँले जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका जितबहादुर मोक्तान, पौडीका शिरिष गुरूङ, एथ्लेटिक्सका हरि रिमाल र सरस्वती भट्टराई तथा तेक्वान्दोकी निशा रावललाई फुलमाला लगाई बिदाइ गर्नुभयो । त्यसक्रममा राष्ट्रपति भण्डारीले खेलाडीलाई आफ्नो कौशलता प्रस्तु्त गर्दै नेपालको शान उच्च राख्ने किसिमको प्रदर्शन गर्न शुभकामना दिनुभयो ।
३१ औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट ५ खेलका लागि ७ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सन् १९६४ देखि सहभागिता जनाउँदै आएको नेपालको तर्फबाट सबै खेलाडी ओलम्पिकले दिने वार्ड कार्डबाट छनोट भई खेल्न लागेका हुन् । रियो ओलम्पिक अगष्ट ५ देखि २१ तारिखसम्म हँुदैछ ।