काठमाडौं–साउन ११ । ओलिज् स्टोरले वन प्लस थ्री स्मार्टफोन नेपालमा भित्राएको छ ।
काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी ओलीज् स्टोरले सस्तो मूल्यमा धेरै सुविधा भएको स्मार्टफोन वन प्लस थ्री नेपालमा भित्राएकोबारे जानकारी दिएको हो । वन प्सल थ्री विश्वभरी ४३ देशमा सेवा दिइरहेको आईहब प्राइभेट लिमिटेडका निर्देशक लोकेश ओलीले जानकारी दिनुभयो । नेपालमा पनि काठमाडौं, पोखरा, नेपालगञ्ज, धनगढी, चितवन, बुटवल लगायतका शहरमा वन प्लस थ्रीको रिटेलर रहेको उहाँले जानकारी दिनुभयो ।
अनलाइन तथा कुरियरबाट पनि नेपालभरी यो फोन वितरण गर्न सकिने ओलीज् स्टोरले जनाएको छ ।