देशभर बाढी पहिरोको त्रास : कर्मचारीलाई विदा नबस्न सरकारको निर्देशन

काठमाडौं–साउन । सरकारले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा सक्रिय भएर काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
mantriparisadप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै जिल्ला दैवी प्रकोप उद्धार समितिको अहिले भइरहेको कामलाई सहयोग गर्नेगरि तयारी अवस्थामा रहन सम्वन्धित मन्त्रालय र निकायलाई भनेको हो । सरकारले जारी गरेको विज्ञप्तीमा जिल्लामा रहेका सबैजसो कार्यालयका कर्मचारीलाई पिडितको खोजी, उद्धार र राहत कार्यमा सघाउन भनिएको छ ।

उद्धार र राहत वितरणका लागि थप जनशक्ति आवश्यक पर्न सक्ने तर्फ संकेत गर्दै सरकारकाले मन्त्रालय र सचिवको पूर्व स्वीकृती विपरित जिल्ला तथा क्षेत्रस्तरमा कार्यरत कर्मचारी काजमा वा विदामा नबस्न र कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशनात्मक आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया