नारायणीको बाढीले खतराको चिन्ह नाघ्यो

नवलपरासी- साउन ११ । नारायणी नदीको पानीको सतह बढेपछि स्थानीयमा त्रास बढेको छ । बहाव खतराको चिन्ह भन्दा माथि पुगेको कारण स्थानीयमा त्रास बढेको हो ।
narayaniदेवघाटमा रहेको मापन केन्द्रका अनुसार यो समाचार प्रकाशन गर्दासम्म नारायणी नदीमा पानीको सतह १० दशमलव २६ मिटरसम्म पुगेको छ । नारायणी नदीमा ८ दशमलव ४ मिटर बहाव नाघेपछि खतराको संकेत मानिन्छ ।
पानीको सतहले खतराको संकेत पार गरेपछि गण्डक क्षेत्रका बासिन्दालाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ । जोखिम क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सार्न थालेको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तका अनुसार गण्डक क्षेत्रमा अहिले प्रहरी, सेना, सशस्त्र प्रहरी परिचालन गरिएको छ । उक्त क्षेत्रमा प्रहरीले स्थानीयलाई माइकिङ गर्दै सतर्क रहन आग्रह गरेको छ ।

गण्डक ब्यारेजको ‘बी’ ग्यापको ठोकर नम्बर ३, ४, ५, ६, ७, १२ र १३ नम्बरमा खतरा रहेको र नर्सहीको ६, ७, १२ र १३ नम्बर ठोकर र पक्लिहवाको ३, ४ र ५ नम्बर ठोकर भत्कन सुरु गरेको छ । यसबाट ठोकर अासपासका सर्वसाधारणमा त्रासदी बढाएको हो ।

तपाईको प्रतिक्रिया