नवलपरासीमा २५ तोला सुन सहित एक जना पक्राउ

नवलपरासी–साउन १० । नवलपरासीस्थित ईलाका प्रहरी कार्यालय नवलपुरले २५ तोला काचो सनुसहित एकजना पक्राउ गरेको छ ।

gold kachoकाठमाडौंबाट सन्धिखर्क आउंदै गरेको लु २ ख ६१४२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सुन बरामद गरेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार चेबजाँचका क्रममा बसका कन्डक्टर अर्घाखाँची जिल्ला ठाडा गाविसका २२ बर्षीय संजय क्षेत्री २५ तोला काचो ढिक्का सुन सहित पक्राउ परेका हुन् ।

बरामद सुनको बजार मूल्य १४ लाख ४४ हजार रहेकोछ । बरामद सुन र संजय क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान  सुरु गरेको प्रहरीले जनाएको छ ।

Published On:  358पटक हेरिएको

तपाईको प्रतिक्रिया