महिला क्रिकेट–फाइनलमा एपीएफ र पूर्वाञ्चल

काठमाडौं–साउन। राष्ट्रिय महिला छनोट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ र पूर्वाञ्चल विकास क्षेत्र भिड्ने भएका छन् ।

woman cricketकीर्तिपुरस्थित टीयु मैदानमा सोमबार सूदुरपश्चिमाञ्चलसंग हुने खेल बर्षाले प्रभावित पारेपछि पूर्वाञ्चलले अंक बाड्दै फाइनल यात्रा तय गरेको हो । सूदुरपश्चिमाञ्चल र पूर्वाञ्चलबीचको पहिलो इनिङ्स चलिरहदा पानी परेपछि खेल स्थगित भएसंगै दुबै टोलीले एक–एक अंक बाडेका थिए । समूह बी मा रहेको सूदुरपश्चिमाञ्चल र पूर्वाञ्चलचबीको समान अंक भएपनि नेट रनरेटको आधारमा पूर्वाञ्चल फाइनलमा प्रवेश गरेको हो ।

समूह ए मा रहेको विभागीय टोली एपीएफले दुबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै फाइनलमा यसअघि नै प्रवेश गरिसकेको थियो । फाइनल खेल भोली हुदै छ । त्यस्तै, आजै भएको अर्को खेलमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रले मध्यमाञ्चल विकास क्षेत्रलाई ५ विकेटले पराजित गरेको छ ।

अक्टोबर ९–१५ सम्म हङकङमा हुने आइसिसी महिला विश्व कप छनौटमा भाग लिन जाने नेपाली टोलीको टुंगो लगाउनका लागि यो प्रतियोगिता भएको हो ।

Published On:  465पटक हेरिएको

तपाईको प्रतिक्रिया