रियो ओलम्पिकमा रुसले सहभागिता पाउने

एजेन्सी–साउन । ब्राजिलमा हुने रियो ओलम्पिकमा रुसले एथ्लेटिक्स बाहेक अन्य खेलमा भाग लिन पाउने भएका छन् ।

rus playarsरुसका एथ्लेटिक्स खेलाडीले डोपिङको प्रयोग गरेको पुष्टि भएपछि यसअघि नै रुसी खेलाडीलाई अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघले प्रतिबन्ध लगाएको थियो । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले कुन खेलमा सहभागि गराउने वा नगराउने भन्ने जिम्मा सम्बन्धित खेलका विश्व संस्थाहरुलाई दिएपछि रुस रियो ओलम्पिकको पुर्ण प्रतिबन्धको त्रासबाट मुक्त समेत भएको छ । तर, रियो ओलम्पिकमा समावेश गरिएका हरेक खेलका विश्व संस्थाले रुसबारे अलग अलग निर्णय गर्नु पर्ने भएको छ ।

यसअघि सार्वजनिक भएको प्रतिवेदन अनुसार रुसमा डोपिङको प्रयोग अत्याधिक बढेको देखिवएपछि रियो ओलम्पिकबाट रुसी खेलाडीलाई हटाउने सम्भावना बढेको थियो । डोपिङ प्रकरणमा सरकारी संयन्त्रकै संलग्नता देखिएपछि रुसको पुरै टोलीलाई ओलम्पिक खेल्नबाट बन्देज लगाउनु पर्ने माग बढेको थियो ।तर यता वल्र्ड एन्टी डोपिङ एजेन्सी वाडाले भने अन्तराष्टिय ओलम्पिक कमिटीको यो निर्णयमा असहमती जनाउदैँ आफ्नो पुरानै निर्णयमा अडिग छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush