सेयर कारोबार उच्च बिन्दुमा, ४० अङ्कले वृद्धि

काठमाडौं–साउन १० । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर राजनीतिक सहजता प्रदान गरेपछि सेयर कारोबाट उच्च बिन्दुमा पुगेको छ ।

Nepal-stock(3)राजनीतिक परिवर्तनको यो संघारमा धितोपत्र बजार करिब ४० अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्चेन्जका अनुसार सोमबारको नेप्से परिसूचक ४० अङ्कले बढेर एक हजार ८ सय ४० को विन्दुमा पुगेको छ । कारोबार पनि बढेर २ अर्ब २४ करोड बढी पुगेको छ । कुल १४७ कम्पनीको सेयर बजारमा दुई अर्ब २४ करोड दुई लाख नौ हजार ६सय २४ मूल्य बराबरको कारोबार सोमबार भएको छ । कुल ४७ लाख ४० हजार ९ सय ७२ कित्ता सेयर बृद्धि भएर कारोबार भएपनि जलविद्युत् समूहको सेयर मुल्य घटेको छ ।

Nepseसेयर दललाको कमिसन बारेको विवादले तीन दिन लगातार बन्द भएर खुलेको सेयरमा बैङ्किङ तर्फ २.४८, होटल तर्फ २.१२, विकास बैंक तर्फ ४.६३, फाइनान्स तर्फ २.४५, बीमा तर्फ ०.९३, उत्पादन क्षेत्र तर्फ ०.११ र अन्य समूहमा १.०७ प्रतिशतले बृद्धि भएर कारोबार भएको छ । अन्य सबै समूहमा बृद्धि भएको सेयरमा जलविद्युत् तर्फ भने ०.४६ प्रतिशतले कमि आएको छ ।

राजनीतिक अन्योलकाबीच सेयर बजार निरन्तर उकालो लाग्नेक्रम रोकिएको छैन ।

तपाईको प्रतिक्रिया