रगत अभाव कम गर्न खप्तडी बस्नेत सक्रिय

raktadan newकाठमाडौं–साउन ९ । खप्तडी बस्नेत युवा समाजको केन्द्रीय कार्यालय, काठमाडौं नेपालको आयोजनामा भएको रक्तदान कार्याक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् ।

काठमाडौंको पशुपतिमा शनिवार सम्पन्न कार्यक्रममा कुल २ सय जना भन्दा बढी खप्तडी बस्नेत लगाएत भेला भएका थिए । जसमध्य १ सय ३ जनाले रक्तदान गरेका हुन् । raktadan 1

समाज सेवा गर्ने अभिप्रेरणका साथ स्थापना भएको बस्नेत युवा समाजले, बजारमा भइरहेको रगत अभाव हटाउन केहि हद सम्म सहयोग पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम राखेको समाजका सक्रिय युवा माधव बस्नेतले बताउनुभयो ।raktadan

बस्नेत युवा समाजले यस अघि पनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Published On:  533पटक हेरिएको

तपाईको प्रतिक्रिया