भरतपुर – साउन ८ । कालीखोला लगायतका केहि स्थानमा झरेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
अबिरल बर्षासँगै खसेको पहिरो पन्छाएपनि रोकिएका यातायातका साधन गन्तव्य तर्फ प्रस्थान गर्न सुरु गरेको बताइएको छ । पश्चिमतर्फबाट काठमाडौं आउनेजाने , पूर्वबाट काठमाडौं आउनेजाने यातायातका साधन पहिरोका कारण अलपत्रपर्दा हजारौं यात्रुले सास्ति पाएका थिए । सडक एकतर्फी सञ्चालन भइएपछि यात्रु तथा चालकले केही राहत पाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन मुग्लिन र नारायणगढतर्फबाट डोजरसहित प्रहरी परिचालन गरेर लामो समयको प्रयासपछि एकतर्फी यातायात सुचारु भएको हो ।
शुक्रबार समेत सेती दोभानमा खसेको पहिरोका कारण रातभरि एकतर्फ मात्रै सडक सञ्चालन भएको थियो । सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खनिएको सडक सुख्खा समयमा समेत यात्रुका लागि समस्या बन्दै आएको छ ।