सुनसरी–साउन ८ । रातीदेखी पुर्वी पहाडी जिल्लामा जारी रहेको भारी बर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाव यो बर्षकै उच्च भएको छ ।
शनिबार दिउँसो ४ बजेको सप्तकोशी कन्ट्रोल रुपको रेकर्ड अनुसार कोशी नदिमा २ लाख ४२ हजार ७ सय २५ क्यूसेक प्रतीसेण्ड पानीको बहाव पुगेको हो । पानीको मात्रा बढेपछि सप्तकोशी नदिका ५६ ढोका मध्ये ३३ वटा ढोका खुल्ला गरिएको छ । पहाडी जिल्लाहरुमा अझै अबिरल बर्षा भईरहेका कारण सप्तकोशीमा पानीको मात्रा अझ वढ्न सक्ने सप्तकोशी कन्ट्रोल रुमले जानकारी दिएको छ ।
पानी पर्ने क्रम जारी रहेपछि कोशीको पानीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोशीमा खतराको संकेट स्वरुप रातो झण्डा फहराइएको छ भने दुवै तर्फ रातो बत्ति बालिएको छ । यस्तै, सुरक्षा निकायलाई पनि उच्च सर्तकताका साथ राखिएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोख्रेलले बताउनुभएको छ ।