काठमाडौं–साउन ८ । सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावमाथिको छलफल आइतबार १ बजे सुरु हुनेगरि स्थगित गरिएको छ ।
आजको संसद् बैठकमा विभिन्न दलका शिर्ष नेतासमेत रहेका सांसदहरुले धारणा राखेका थिए । अविश्वासको प्रस्तावका बारेमा समर्थन गर्ने दलका संसदले सरकार र प्रधानमन्त्रीको कामकारबाही आत्मकेन्द्रित भएको भन्दै प्रस्ताव आवश्यकताको पुष्टि गर्ने प्रयास गरेका थिए । बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेब गौतमले नै प्रधानमन्त्री आत्मकेन्द्रित भएको र गुटगट रुपमा सरकार चलेको कारण अहिलेको अवस्था आएको भन्दै आलोचना गरेका थिए ।
माओवादी केन्द्रका हरिबोल गजुरेल लगायतले प्रस्तावको औतित्य पुष्टि गर्दै निकासका लागि सबैको सहमति औल्याएका थिए । अविश्वास प्रस्तावमाथि आइतबार थप छलफल हुने र पक्रिया अन्तर्गत टुङ्गोमा पुग्ने बताइएको छ ।