काठमाडौं–साउन ८ । स्वास्थ्य क्षेत्रको विक्रिति रोक्न माग गर्दै आमरण अनसनमा बस्नुभएका डा.गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरिएको छ ।
सोलिडारिटी फर डा.केसी अलायन्सको आयोजनामा भएको कार्यक्रममा हजारौ समर्थकले ऐक्यबद्धता जनाएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रमका वक्ताहरुले केसीले उठाएका माग जायज भएका भन्दै कार्यान्वयन गर्न सरकार र संसदको ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शनमा सहभागिहरुले ‘हामी पागल हौं भ्रष्टाचारको जरो उखेल्न चाहने पागल डा. केसी जस्तै’ लोकतन्त्र कि लुटतन्त्र ? आईएम विथ डा. केसी’ लगायतका नारा सहितका प्लेकार्डमार्फत डा. केसीको समर्थन गरेका थिए ।