नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाइदै, आवागमन अबरुद्ध

भरतपुर– साउन ८ । कालीखोला लगायतका केहि स्थानमा गएको पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अहिले पनि अवरुद्ध छ ।

pahiroअबिरल बर्षासँगै खसेको पहिरोका कारण पश्चिमतर्फबाट काठमाडौं आउनेजाने , पूर्वबाट काठमाडौं आउनेजाने यातायातका साधन चल्न नसक्दा यो सडकखण्ड ठप्प भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन मुग्लिन र नारायणगढतर्फबाट डोजरसहित प्रहरी परिचालन भएका छन् । ठूलो पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने बताइएको छ । शुक्रबार समेत सेती दोभानमा खसेको पहिरोका कारण रातभरि एकतर्फ मात्रै सडक सञ्चालन भएको थियो ।

अहिलेसम्म चितवनबाट पोखरा र काठमाडौँ जाने आउने सवारी बीच बाटोमै रोकिएका छन् । सडक विस्तारका क्रममा विभिन्न क्षेत्रमा खनिएको हुँदा सुख्खा समयमा समेत पहिरो खसेर यात्रुले सास्ती व्यहोदै आएका छन् ।

तपाईको प्रतिक्रिया