अविश्वासको प्रस्तावमाथि छलफल जारी

काठमाडौं–साउन ८ । सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावमाथिको छलफल शनिबार पनि जारी छ । आजको संसद् बैठकमा विभिन्न दलका नेताहरूले धारणा राखिरहेका छन् ।

Samsad-bhawan-1बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेलले धारणा राख्नुभएको थियो । प्रधानमन्त्री र सरकारको कामकारबाही बारे आलोचना गर्दै पेश गरिएको प्रस्तावलाई एमालेकै नेताहरुले आलोचनान्मक समर्थन जनाएका छन् । सिधै प्रस्ताव अश्विकार गरेपनि घुमाउरो पारामा सरकार पार्टीगत रुपमा भन्दा गुटगत रुपमा चल्दा समस्या देखिएको नेता नेपालले आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको एकलकाटे र आत्मकेन्द्रित सोचका कारण  गठबन्धन टुटेको भन्दै संविधान बिरुद्ध बढ्दै गरेको षड्यन्त्र चिर्न सबै संयमित हुनुपर्ने बताउनुभयो ।

प्रस्ताव उपर विभिन्न दलका संसदहरुले पक्ष र विपक्षमा धारणा राखेका छन् । प्रस्तावमाथि आइतबारसम्म छलफल हुने र प्रक्रियाबाट पास वा बहिस्कार हुँने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया