गण्डक कटान तिब्र

नवलपरासी–साउन ७ । लगातारको बर्षासंगै नारायणी नदीमा आएको बाढीले गण्डक ब्यारेजको ठोकर नम्बर १३ मा कटान तीव्र पारेको छ ।

rapti badhiबाढीले करिब १५ मिटर ठोकर कटान गरिसकेको स्थानीयले बताएका छन् । ठोकर कटान रोक्नका लागि बनाईएको ४ सय भन्दा बढी सिमेन्टका ब्लक समेत बाढीले बगाएको छ । ठोकर कटान गरेपछि स्थानीय प्रशासनले गाउँलेलाई सजग रहन सुचित गरेको छ । केहिदिन देखी लगातार परेको बर्षाका कारण नारायणी नदीमा पानीको बहाब बृद्धि भएको छ । नदिमा पानीको बहाब बढेपछि नवलपरासीको नर्सहीस्थित बि ग्यापको ठोकर नम्बर १३ कटान गरेको हो ।

ठोकर कटान बढ्दै गए नर्सही, पक्लिहवा, गुठी प्रसौनी, गुठी सूर्यपुरा, लगायत नवलपरासीका दक्षिणी भेगका १ दर्जन भन्दा बढि गाविसहरु डुवानमा पर्नेछन् । ठोकर कटान रोक्नका लागि भारतीय सिंचाई विभागका कर्मचारीहरुले तार जालीमा ढुङगा भर्ने काम गरिरहेका छन् । त्रिवेणी ब्यारेज पुलबाट २ लाख ७२ हजार क्यूसेक पानी प्रतिसेकेड मापन गरिएको छ ।

तपाईको प्रतिक्रिया