समाजको सहयोगमा मात्र प्रहरी सफल : अर्याल

सप्तरी–साउन ७ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यालले समाजको सहयोग बिना प्रहरीको काम अधुरो रहने भन्दै सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

upendra-kant-aryalसप्तरी जिल्ला प्रहरी कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै आईजीपी अर्यालले समाजमा कुनै न कुनै रूपमा अपराध जोडिने भएकाले यसको न्यूनीकरणका लागि प्रहरीको काममा समाजको सहकार्य जरुरी रहेको बताउनुभएको हो । उहाँले सुरक्षा समाजको आधारभूत आवश्कता भएको भन्दै शान्ति सुरक्षा कायम गर्न मातहतका प्रहरी नियकायहरूलाई निर्देशनसमेत दिनुभएको थियो ।

कार्यक्रममा महानिरीक्षक अर्यालले पूर्वाञ्चल क्षेत्रीय प्रहरी अस्पताल सञ्चालनका लागि भवनसहितको जग्गा दान गर्ने सप्तरीका समाजसेवी जोगेन्द्र भगतलाई सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया