लोमाङथाङको युरेनियम खानी सेनाको जिम्मामा

काठमाडौं–साउन ७ । सरकारले मुस्ताङको लोमाङथाङ नजिक युरेनियम खानी रहेको स्थानलाई सेनाको सुरक्षामा राख्ने निर्णय गरेको छ ।

mantriparisadप्रधानमन्त्री एंव मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले युरेनियम खानी रहेको स्थान सुरक्षाका लागि सेना खटाउने निर्णय गरेको हो । बैठकले आमसञ्चार नीति २०७२ लाई स्वीकृत गर्दै स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न टेलिभिजनका लागि क्लिन फिड नीति लागू गर्ने निर्णय गरेको छ । क्लिन फिड नीति लागूसँगै विदेशी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने छन् ।

सरकारले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्नका लागि ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया