साउन ७ । के तपाईं फलफूल सेवन गर्दै हुनुहुन्छ ? एकछिन विचार गर्नुस्् । तपाईंले खादैं गरेको फलफूलले कतै तपाईंको स्वास्थ्यमा गम्भिर असर त गर्दै छैन । अहिले बजारमा पाईने अधिकांश फलफूल विषादीयुक्त भएको खुलासा भएको छ । अनि नियमनकारी नियका यति सम्म लाचार छन् की विषादी परिक्षण गर्ने मेसिनको समेत सहि सलामत प्रयोग गर्न सक्दैनन ।
फलफुललाई छिट्टै पकाउने भन्दै क्याल्सियम कार्बाइड नामको रसायन प्रयोग गर्ने गरिन्छ । कुरा सुरु गरौं आँप बाट । विशेष गरी आँपको सिजन असार महिनाबाट सुरु हुन्छ । तर, बजारमा भने बैशाख महिना सुरु हुन नपाउँदै आँप छ्याप् छ्याप्ती पाईन्छ । नेपालमा बिक्री वितरण हुने फलफूलमा प्रयोग हुने विषादीको परीक्षण बाली तथा संरक्षण निर्देशनालयको मातहतमा कालिमाटी तरकारी बजारमा रहेको इकाईले गर्छ । तर, यहाँ प्रयोग भएको प्रविधि प्रयाप्त छैन । कालीमाटीमा बिहान ७ वजे देखि ११ बजेसम्म फलफूलको नमुना लिई परिक्षण गर्दै आएको बाली संरक्षण निर्देशनालयको दाबी छ ।तर, लोडसेडिङका बेला फलफुलमा बिषादी परिक्षण नहुने गरेको निर्देशनालय नै स्वीकार्छ । अब तपाईं आफैं सोच्नुस त सातामा कति घण्टा लोडसेडिङ हुन्छ ? यति सम्म की भएको एउटा इन्भटर पनि बिग्रिएर थन्किएको हप्तौं भै सक्यो तर कसैलाई वास्ता छैन । विभिन्न बहाना बनाएर सरकारी निकायले नै विषादी लाई प्रश्रय दिइरहेको छ । अर्को अचम्म त के छ भने विहान ११ बजेपछि कालीमाटीमा प्रवेश गर्ने फलफुलको कुनै परिक्षण नै हुँदैन ।
शनिवार अन्य सार्वजानिक विदा लगाएत वन्दको दिन पनि कर्मचारी नआएका कारण फलफूलको परिक्षण नै हुँदैन । अब तपाईं आफै सोच्नुस हामीले महंगो पैसा तिरेर कस्तो फलफूल सेवन गरिरहेका रहेछौं । हुनपनि जसले जे गरेपनि हुने । जिम्मेवार निकायले मानवस्वास्थ्यका लागि केही सोच्नै नपर्ने । लापरवाहीको यस्तो पराकाष्ठा कहिलेसम्म कायम रहन्छ ? तरकारी तथा फलफूलमा थुप्रै प्रकारका बिषादीहरु प्रयोग हुन्छन । तर, कालीमाटी तरकारी बजारमा रहेको परिक्षण इकाईले दुई प्रकारका रसायनको मात्र परीक्षण गर्छ । त्यस्तै कर्मचारीको वेवास्ता पनि उत्तिकै छ । छिटो नाफा लिन वजारमा पठाइएका यी फलफुलमा रसायन प्रयोग भए नभएको परिक्षण गर्ने सम्पूर्ण प्रविधि मुलुकमा छैन । वास्तविकता यस्तो छ भने नर्देशनालयको दावी भने रामराज्य भन्दा कम छैन । सबै खाले विषादी परिक्षण गर्ने उपकरण नहुँदा मृत्यु बेच्नेहरु निर्धक्क छन् । उपलब्ध उपकरण पनि जनताको आँखामा छारो हाल्नका लागि उपयोग भइरहेको छ ।
छलकपटका साथ पैसा कमाउन उद्धत हुनेहरुको व्यापार यतिखेर बिना रोकटोक मौलाईरहेको छ । यसखाले बेथीतिका कारण सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढ्दो छ । तर नेपाल भित्रिने फलफुलहरु सबै खानयोग्य रहेको बालीसंरक्षण निर्देशनालयको दावी छ । फलफुलमा मिसाइएको रसायनको परिक्षण गर्ने प्रयाप्त प्रविधी छैन । भएको प्रविधिको पनि राम्ररी उपयोग हुन सकेको छैन । कर्मचारीको लापरवाही पनि त्यस्तै छ । ब्यापारीको जनता लुट्ने प्रबृत्ति पनि निरन्तर जारी छ ।