मानवअधिकार उल्लंघनका घटना बढे

काठमाडौं, साउन ७ । पछिल्लो समय मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटनाको उजुरी बढेपनि त्यसको कार्यान्वयनमा भने समस्या देखिएको छ । राष्ट्रिय मानव अधिकार आयोगमा परेका ४ हजार भन्दा बढि उजुरीको अनुसन्धान हुन नै बाँकी छ भने अनुसन्धान गरेर कारबाहीका लागि सरकारलाई दिएको सिफारिस पनि १४ दशमलव ३ प्रतिशत मात्र कारवाही हुने गरेको आयोगको तथ्याङ्क छ ।

आयोगको अध्ययन अनुसार द्धन्द्धकालिन अवस्थामा भएको हत्यासँग सम्बन्धित घmanab adikarटना, जातिय विवेध, महिला हिंसासँग सम्बन्धित लगायतका मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटनाको अध्ययनपछि दोषीमाथि कारवाहीका लागि सिफारिस हुँदा समेत कार्यान्वयन हुन नसकेको हो । आयोगले गएको बर्ष साउनदेखि गरेको खोजमुलक अध्ययनका क्रममा नाम नै किटानी गरी कारबाहीका लागि ७८ सिफारिस गरेको छ । यस्तै दोषी पहिचान गरी कारबाहीका लागि सरकारलाई २ सय ६३ ओटा सिफारिस गरेको छ ।

फौजदारी अभियोगमा ३५ र अनुसन्धान गरी कारबाहीका लागि ३२ सिफारिस गरेको छ । यस्तै आयोगले मानव अधिकार उल्लंघन बापत क्षतिपूर्ति गराईदिन ५ सय १२ ओटा सरकार समक्ष सिफारिस गरेको छ । मानव अधिकार उल्लघन संग सम्बन्धित घटनाको उजुरी गर्ने क्रम बढेपनि अनुसन्धानका लागि पर्याप्त जनशक्ति नभएको आयोगको भनाई छ । अर्कोतिर कारबाहीका लागि सान्र्दभिक कानुन नहुँदा पनि पीडितले न्याय पाउन सकिरहेका छैनन् ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush